हिन्दु राज्यको माग गर्दै आज नवलपरासी बन्द Banda affects life in Chitwan, Nawalparasi and Rupandehi

हिन्दु राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका हिन्दु धर्मावलम्वीहरुले आज आव्हान गरेको बन्दको प्रभाव नवलपरासीमा आज विहानैदेखि परेको छ । बन्दकर्ताहरु कावासोतीको फलफूल चोकमा सडकमा ओमकार लेखेर प्रदर्शनमा उत्रिएका छन् । बन्दका क्रममा पसलहरु खुल्न सकेको छैन ।

त्यस्तै बन्दको प्रभाव चितवन र रुपन्देहीमा पनि परेको छ । आन्दोलनकारीले आज रुपन्देही, नवलपरासी र चितवन बन्द आव्हान गरेको हो ।

बन्दका कारण चितवन र रुपन्देहीमा पनि सवारी साधन चल्न नसकेको जनाएकोक छ । त्यस्तै नवलपरासीमा केही फाट्टफुट्ट ट्रकहरु सञ्चालनमा आएपनि प्रहरीले कावासोतीमा रिफ्रेस सेन्टरमा लगेर राखिदिएको छ । मोटरसाइकलहरु पनि सञ्चालनमा आएका छन् ।
 
त्यस्तै चितवनमा पनि सवारी साधन ठप्प रहेको छ । नारायणगढबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेको छैन ।
 

- रामकुमार श्रेष्ठ बाट                                                      click here to read this news in English

0 comments

Leave your valuable Comments